चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गर्नुभएकाे छ।
प्रमुख शाक्यले विज्ञप्ति जारी गरी महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गर्नुभएको हो ।
महामारीकाे रूपमा फैलिँदै गएको कोराेना भाइरसको सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउनुपर्ने उहाँले बताउनु भयाे । सङ्क्रमण देखिनुअघि नै सजगता अपनाउदा धेरै हदसम्म काेराेना सङ्क्रमणकाे जाेखिम न्यूनीकरण हुने उहाँको भनाइ छ ।
उहाँले अहिले कोरोनाबाट सबै जना बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा र सेतो मछिन्द्रनाथको रथयात्रालगायतका जात्रा र पर्व नमनाउन पनि आग्रह गर्नुभएकाे छ ।
जात्रा तथा पर्वमा ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भिडभाडका साथ पर्व मनाउने अवस्था नरहेकाे उहाँले बताउनुभयाे । आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भिडभाडमा जात्रापर्व नमनाउन प्रमुख शाक्यले अपिल गर्नुभएको हाे ।
धार्मिक स्थलमा धेरै भिडभाड हुँदा सङ्क्रमण सर्नसक्ने भन्दै ती ठाउँमा भीडभाड नगर्न पनि उहाँले अपिल गर्नुभएकाे छ ।महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि नेपाली र नेपालभाषामा सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा र पम्प्लेटमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।