विप्लव समूहका जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ

 चैत ८, २०७६ शनिबार १६:९:२९ | रासस
unn.prixa.net

रौतहट - नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा इञ्चार्ज सङ्केत भनिने कुमार राई र सदस्य जगत गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो।

पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ । राई र गुरुङमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

सुराकीले दिएको सूचनाका आधारमा उनीहरुलाई मकवानपुर तथा रौतहटको सिमानामा रहेकाे जङ्गलबाट शनिबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया