अलिबाबाका संस्थापकले नेपालसहित दश देशलाई अत्यावश्यक उपकरण सहयाेग गर्ने

 चैत ८, २०७६ शनिबार १८:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अलिबाबाका संस्थापक ज्याक माले नेपालसहित दश देशलाई अत्यावश्यक उपकरण उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

उहाँले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) काे जाेखिम कम गर्न १० देशलाई भेण्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने घोषणा गर्नुभएको हो । 

ज्याकले ट्वीट गरी १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेण्टिलेटर उपलब्ध गराउने जानकारी गराउनुभयाे । 

उहाँले नेपाल, अफगानिस्तान, बङ्गलादेश, म्यानमार, मङ्गोलिया, माल्दिभ्स, श्रीलङ्का, कम्बोडिया, लावस र पाकिस्तानलाई सहयोग गर्ने ट्वीटमा उल्लेख छ ।

भारतका मुकेश अम्बानीलाई उछिनेर हालै उहाँ एसियाकै धनी व्यक्ति हुनुभएकाे छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया