ट्राफिक प्रहरी आफै यात्रु बन्दा...

 चैत ९, २०७६ आइतबार ७:५:२९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने १७ जना चालकलाई पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी आफै यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारबाही गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र सङ्ग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जारबहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, विजय तामाङ, नील बुढाथोकी, सञ्जीव भण्डारी, प्रदीप लामा, कृष्ण माझी, विनोद ठकुरी, पिन्टु जसवाल र  कमल श्रेष्ठ रहेका छन् । 

प्रमुख ढकालले सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको बताउनुभयो । यसका लागि  महाशाखाले पीडित सहायता इकाइबाट सादा पोसाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेकाे थियो ।

गाडी चढ्नुअघि कतिपय यात्रुलाई ‘कन्भिन्स’ गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ ।  

यसअघि महाशाखाले शुक्रबार पनि नौ जनालाई पक्राउ गरी आवश्यक कारबाही गरेको थियो । काेराेना भाइरस( कोभिड १९) को जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाले विशेष सेवा प्रदान गरिरहेको जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया