काेराेना सतर्कता : चन्द्रागिरि केबलकार बन्द

 चैत ९, २०७६ आइतबार २०:२७:१० | रासस
unn.prixa.net

काठमाण्डाै - काेराेना भाइरस (कोभिड–१९) काे सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि केबलकार बन्द गरिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुनसक्ने भन्दै आइतबारदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो । 

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोगका बारेमा सजग हुनुपर्ने भएकाले तत्कालका लागि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । ‘सरकारको निर्णय र निर्देशनअनुसार अति आवश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने निर्णयबमोजिम अर्को सूचना नआएसम्मका लागि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेका छौँ’, उहाँले भन्नुभयो । 

हिल्सले कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि सम्पूर्ण जनतालाई आग्रहसमेत गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया