स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - विश्वका अरु देशमाजस्तै नेपाली कार्यरत खाडी र मलेसियामा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार बेलुकीसम्म १९२ देशमा गरी १५ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।
कोरोना सङ्क्रमितको सँख्या बढ्दै जाँदा जोखिम पनि बढ्दो छ । आइतबार बहराइनमा तीन नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण पुष्टि भएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसैले जोखिम कम गर्न सतर्कता अपनाउन र सम्बन्धित देशले जारी गरेको सुरक्षा सतर्कता अपनाउन पर्छ ।
नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :
सङ्क्रमित सङ्ख्या : ४ सय ९४
निको भएर घर फिरेकाहरु : ३३
अस्पतालमा उपचाररत : ४ सय ६१
सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् ।
भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् ।
कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् ।
कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ ।
दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ ।
यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ ।
सङ्क्रमित सङ्ख्या : १ सय ५३
निको भएर घर फिरेकाहरु : ३८
अस्पतालमा उपचाररत : दुई जना नेपालीसहित ११३
मृतककाे सँख्या : २
पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् ।
कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् ।
यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् ।
सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् ।
भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोबाइल एपहरु गर्नुहोस् ।
आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ ।
सङ्क्रमित सङ्ख्या : ५११
निको भएर घर फिरेकाहरु : १७
अस्पतालमा उपचाररत : ४९४
सरकारले कोरोना भाइरस परीक्षणको लागि (Saudi Center for Disease Prevention and Control) साउदी सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोललाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् ।
सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् ।
कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् ।
अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाकाे दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (WhatsApp समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ ।
बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।
सङ्क्रमित सङ्ख्या : ३३९ तीन नेपालीसहित
निको भएर घर फिरेकाहरु : १६०
अस्पतालमा उपचाररत : ११७
मृतकको सङ्ख्या : २
अरु देशमा झैँ बहराइन सरकारले पनि सबैलाई भिडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ ।
ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ ।
कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।
कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ ।
सङ्क्रमित सङ्ख्या : १८९
निको भएर घर फिरेकाहरु : ३०
अस्पतालमा उपचाररत : १५९
सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस् ।
घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस् । कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् ।
कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् ।
कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् ।
सङ्क्रमित सङ्ख्या : ६६
निको भएर घर फिरेकाहरु : १७
अस्पतालमा उपचाररत : ४९
सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् ।
ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् ।
कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।
कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।
सङ्क्रमित सङ्ख्या : १ हजार ५१८
निको भएर घर फिरेकाहरु : १५९
अस्पतालमा उपचाररत : १ हजार ३४५
मृतकको सङ्ख्या : १४
कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।
सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् ।
कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ ।
मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।