सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै
पुस ८, २०८१ सोमबार
दाङ - गएको चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङ तुलसीपुरकी एक युवतीलाई प्रहरीले खोजेर अस्पताल पुर्याएको छ ।
बुधवार उनको खोजी गरेर प्रहरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेसनमा पठाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले जानकारी दिनुभयो
उहाँले सुरुमा दुई जना दाङका महिला त्यस विमानमा सँगै यात्रा गरेर आएको भन्ने जानकारी आएको हुँदा दिनभर खोजी गरेपछित्यो झुटो भएको पुष्टि भएको बताउनु भयो । ‘प्रहरीले दिनभर अर्की महिलालाई खोज्न दुःख गर्यो, तर कतै फेला पार्न सकेन,’ प्रजिअ रिजालले भन्नुभयो अन्त्यमा ती महिला दाङको नभएको प्रमाणित भयो।’
तुलसीपुरमस रहेको राप्ती प्रादेशिक अस्पतालका सुपरिन्टेन्डेन्ट डा सर्वेश शर्माले ती युवतीलाई आइसोलेसनमा राखिएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, भोलि नै ती युवतीको स्याम्पल लिन बुटवलबाट टोली तुलसीपुर आउने भन्ने सल्लाह भएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।