कोरोनाका कारण कश्मीरमा एक जनाको ज्यान गयो

 चैत १३, २०७६ बिहिबार १२:२०:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारत प्रशासित कश्मीरमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित एक जनाको ज्यान गएको छ । कश्मीरमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको हो ।

बिहीबार बिहान श्रीनगरको चेस्ट डिजिज अस्पतालमा ६५ वर्षीय पुरुषको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी भारतको नयाँ दिल्ली, उत्तर प्रदेश र जम्मू हुँदै फर्किएको एउटा समूहसँगै कश्मीर पुगेका थिए । ज्यान गुमाउने व्यक्ति मधुमेह, रक्त चाप र मोटोपनाबाट पीडित रहेको बताइएको छ ।

कश्मीर उपत्यकामा अहिलेसम्म आठ जनामा कोरोनाको पुष्टि भएको छ भने पूरै जम्मू–कश्मीरमा ११ जना सङ्क्रमित भेटिएको भारतीय  सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाका कारण १३ जनाको ज्यान गएको छ भने ६ सय ४९ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया