फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक हिडाल्गोको निधन

 चैत १४, २०७६ शुक्रबार १२:६:३२ | एजेन्सी

काठमाण्डौ – फ्रान्सलाई पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जिताएका प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ । सन् १९८४ मा फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक हिडाल्गोको ८७ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका हिडाल्गोको उपचारका क्रममा निधन भएको हो । उनी फ्रान्सको सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षक रहेका थिए ।

उनले युरोपियन च्याम्पियन बनेपछि प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । उनी प्रशिक्षक हुँदा मिचेल प्याटिनी कप्तान थिए ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया