विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो

 चैत १५, २०७६ शनिबार १५:५६:३२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण २७ हजार चा् सय ६७ जनाको ज्यान गएको छ भने एक लाख ३३ हजार पाँच सय २७ जना उपचारपछि निको भएका छन् । 

कोरोनाका कारण अमेरिका र युरोपेली देश बढी चपेटामा परेका छन् । अमेरिकामा मात्रै एक लाख ४ हजार दुई सय ५६ जना सङ्क्रमित भएका छन् भने १७ सय चार जनाको ज्यान गएको छ । यस्तै दुई हजार पाँच सय २५ जना उपचारपछि निको भएका छन् । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै छ । 

अमेरिकापछि इटलीमा सबैभन्दा धेरै अर्थात् ८६ हजार चार सय ९८ जना सङ्क्रमित भएका छन् भने ९ हजार एक सय ३४ जनाको ज्यान गएको छ । इटलीमा १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन् । 

यस्तै चीनमा ८१ ह्जार तीन सय ९४ जना सङ्क्रमितमध्ये तीन हजार दुई सय ९५ जनाको ज्यान गएको छ भने ७४ हजार ९ सय ७१ जना उपचारपछि निको भएका छन् ।

नेपालमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोमा एक जना उपचारपछि निको भएका छन् भने तीन जनाको उपचार भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया