एनआईसी एसिया र मेरो किरानाबीच सम्झौता, अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट

 चैत १६, २०७६ आइतबार ६:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनआईसी एसिया बैंकले ‘लकडाउन’को अवस्थालाई मध्यनजर गर्दै  डिजिटल माध्यमबाट सेवा प्रदान गर्ने भएको छ । 

मेरो किराना र बैंकबीच भएको सम्झौता अनुसार अबदेखि बैंकको डिजिटल सेवा प्रयोग गरी सामान किन्दा १० प्रतिशत रकम फिर्ता हुने भएको हो । 

बैंकका ग्राकहरुलाई मेरो किराना अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको बैंकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने ‘ई कमर्स साइट’ किरानासँग्को साझेदारी बमोजिम बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले यो सुविधा पाउनेछन् ।

मेरो किरानाबाट अनलाइन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ ।

यो योजना चैत मसान्तसम्म लागु हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया