फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - सरकारले कोरोनबारे जानकारी दिने मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।
यो एपको माध्यमबाट व्यक्ति आफैँले कोरोना भए/नभएको बारेमा जानकारी लिनसक्ने र तत्काल अस्पताल लैजान सकिने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । चीनबाट आवश्यक सामग्री आइसकेकाले अब छिट्टै अरु प्रदेशमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार यो एपबाट देशभर कति क्वरेन्टीन र आइसोलेशन छन् भन्ने लगायतका विवरण थाहा पाउन सकिनेछ । यस्तै एउटा अस्पतालमा खोजिएको सुविधा आफू नजिकैको अस्पतालमा रहे नरहेको र अर्को कुन अस्पतालमा सुविधा छन् भन्ने कुरा खोज्न पनि एप सहयोगी हुने उहाँको भनाइ छ । यो एप तलको लिंक बाट डाउनलोड गर्नसकिन्छ:
https://drive.google.com/file/d/1y__PcXUjHjChPVtGyAu7PY0u_hHFLkP-/view
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hira
March 30, 2020, 4:44 a.m.Not useful
santosh shrestha
March 29, 2020, 3:14 p.m.App download हुदैन त mobile मा
Hiranya
March 30, 2020, 4:43 a.m.Not useful