धनगढीका कोरोना सङ्क्रमित युवककोे अवस्था सामान्य, स्वास्थ्यकर्मीको पनि परीक्षण गर्ने तयारी

 चैत १६, २०७६ आइतबार १५:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका कोरोना सङ्क्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयसहित डाक्टर शेरबहादुर कमर, निराजनदत्त शर्मा पौडेल, जगदिश जोशी लगायत डाक्टरले आज उनको स्वास्थ्य अवस्था परीक्षण गर्दा अवस्था सामान्य रहेको अस्पतालले जनाएको हो ।

बिरामीलाई आइसोलेशनमा राखिएको र आइसोलेशनमै खाना र तातोपानीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । केही समस्या भए फोन गर्न भनिएको र ड्युटिमा रहने डाक्टरले बेलाबेला स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहने सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले जानकारी दिनुभयो ।

उपचारमा कुनै कमजोरी नभएको उहाँको दावी छ । धनगढी उप–महानगरपालिका ५ का ३४ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । युएईको दुबईबाट भारतको राजधानी दिल्लै हुँदै काठमाडौँ आएका उनी उनी चैत ८ गते काठमाडौँबाट नेपालगञ्जसम्म जहाजमा र त्यहाँबाट सार्वजनिक बसमा धनगढी पुगेका हुन् । ८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

उनीमा कोरोना सङ्क्रमणको पुष्टि शुक्रबार मात्रै भएको हो ।

डाक्टरको गुनासो दवाइ छैन ’दुवा’ कै भर, निशस्त्र योद्धाले युद्ध जित्न सक्दैन

कोरोना संक्रमणको पुष्टि भएका युवकको उपचारमा हेलचेक्रयाई  भएको आरोप लागेपछि सेती प्रादेशिक अस्पतालका डाक्टरहरुले गुनासो गरेका छन् ।

डाक्टरले उपचारमा लापर्वाही गरेको, सङ्क्रमितको नजिक जाने नमानेकोजस्ता आरोप लगोपछि उपचारमा संग्लन डाक्टरले ‘निशस्त्र योद्धाले युद्ध जित्न नसक्ने बताएका हुन् । कोरोना प्रभावितको उपचारका लागि अत्यावशयक उपकरण लगायत दवाई नभएको र छैन ’ददुवा’ अर्थात आशिर्वादको मात्र रहेको उनीहरुको भनाइछ ।

सेती प्रादेशिक अस्पतालका डाक्टर कमरले सामाजिक संजाल फेसबुकमा विपद बाजा बजाएर नै आउदै गरेको भए पनि वेवास्ता गरेर एक सय ७५ जना बाहेक सबैलाई छोडिनाले जोखिम बढेको बताउनुभएको छ । यसले विपदको बिउ प्रत्येक पालिकामा पुगेको हुनसक्ने उहाँको भनाइ छ । भारत लगायत विदेशबाट फर्किएकालाई निगरानीमा नराखी घर जान दिइएनु गलत भएकोमा उहाँले आपत्ति जनाउनुभयो ।

कोरोना विदेशी वा बिदेशबाट आउनेले ल्याउने थाहा हुँदाहुँदै पनि चुकेको डाक्टर कमरको भनाइ छ । 

युवकको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टीनमा, स्वास्थ्यकर्मीको पनि परिक्षण गरिने कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ९ जनालाई क्वरेन्टीनमा राखिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका ती युवकका ८ जना परिवारका सदस्य र अस्पताल पुर्याउने आफन्तलाई क्वरेन्टीनमा राखिएको हो ।

उनीहरुको समान्य स्वास्थ्य परिक्षण पछि धनगढी रंगशालामा स्थापना गरिएको क्वरेन्टीनमा राखिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापनले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा कोरोनाको आशंकामा भर्ना भएका ७ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

कोरोनाको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि धनगढीका सङ्क्रमित युवकको नमूनासँगै उनीहरको थ्रोट स्वाब संकलन गरी पठाईएकोमा रिर्पोट नेगेटिभ आएको र दुईजनाको रिपोर्ट आउन बााकी रहेको सेती प्रादेशिक अस्पतालको इमरजेन्सी विभाग प्रमुख तथा प्रवक्ता डाक्टर जगदिशप्रसाद जोशीले उनीहरुको नमुना नेगेटिभ आएको जानकारी दिनुभयो ।

यसैबिच, कोरोना सङ्क्रमित युवकको उपचार तथा निगरानीमा खटिने स्वास्थ्यकर्मीको पनि नमुना परीक्षण गरिने भएको छ । सेती प्रादेशिक अस्पतालले युवकको नमु संकलन तथा उपचारमा संलग्न चिकित्सक सहितका अन्य स्वास्थ्यकर्मीको पनि परीक्षण गर्ने तयारी गरेको हो ।

अस्पतालका प्रवक्ता डाक्टर जोशीले स्वास्थ्यकर्मीहरुले पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट पीपीई लगायतका व्यक्तिगत सुरक्षाका सामग्रीबिनै युवकको नमुना संकलन गरेकाले स्वास्थ्यकर्मीको पनि घाँटीको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौ पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया