एनआरएनए सचिवालय शेष घले नेतृत्वको समितिलाई बुझाउन सर्वोच्चको...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका १७ सय जनालाई प्रहरीले सम्झाईबुझाई छाडेको छ ।
उनीहरुलाई अबदेखि सडकमा नहिँड्न भन्दै सम्झाएर छाडिएको हो ।
आइतबार दिउँसोसम्म काठमाण्डौबाट ‘लकडाउन’ उल्लङ्घन गर्ने १७ सय २ जनालाई पक्राउ गरी तीन घण्टापछि छोडिएको प्रहरीले जनाएको छ ।
यस्तै 'लकडाउन' उल्लङ्घन गर्ने १ सय ७५ वटा गाडी पनि कारबाहीमा परेका छन् । एक सय ७२ वटा दुई पाङ्ग्रे र ४ वटा चार पाङ्ग्रे गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले 'लकडाउन'को घोषणा गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।