लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस

 चैत १६, २०७६ आइतबार १६:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ।

समितिको आइतबार बसेको बैठकले ७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो । समितिको सिफारिस मन्त्रिपरिषद्बाट निर्णय भए लक डाउनको समय लम्बिने छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया