एनआरएनए सचिवालय शेष घले नेतृत्वको समितिलाई बुझाउन सर्वोच्चको...
फागुन १२, २०८१ सोमबार
सुनसरी - धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट कोरोना भाइरसको परीक्षण गर्न सुरु गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र भइरहेको कोरोना परीक्षण काठमाण्डौ बाहिर बीपी प्रतिष्ठानमा सुरु भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा स्थापना भएको ल्याबसँगै हेल्प डेस्क र आइसोलेसनको पनि निरीक्षण गर्नु भएको हो । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले प्रतिष्ठानमा कोरोनाका बिरामीहरुलाई गरिने उपचारबारे प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले जानकारी लिनुभएको थियो ।
प्रतिष्ठानको माइक्रोबायोलजी युनिटले प्रतिष्ठानकै आइसोलेसनमा भर्ना भएका तीन जना बिरामीको स्वाब संकलन गरेर परीक्षण थालेको छ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जिवकुमार शर्माका अनुसार दैनिक १२ जनाको स्वाब परीक्षण गर्नेगरी ल्याब स्थापना भएको छ । ल्याबको क्षमता भने अधिकतम उपयोग गर्दा ३० वटासम्म परीक्षण गर्न सकिने छ ।
धरानमा प्रदेश १ र २ मा संकलन भएको स्वाबको परीक्षण गर्नेगरी ल्याब स्थापना भएको छ । मुख्यमन्त्री राईले परीक्षण सुरु भएपछि प्रदेश १ मा कोरोना परीक्षणमा सहज हुने बताउनुभयो ।
सुरूवातमा धरानमा परीक्षण भएको १० वटा नेगेटिभ र ५ वटा पोजेटिभ नमुनालाई क्रस चेक गर्न काठमाण्डौमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिनेछ। एउटा ल्याबले गरेको परीक्षण अर्को ल्याबसँग मिल्छ कि मिल्दैन भनेर क्रस परीक्षण गरिने बताइएको छ ।
स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म देशमा कोरोनाको लागि ८७५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ ।
पहिलो कोरोना पोजिटिभको केश अन्तर्गत माघ ९ गते नै पोजिटिभ देखिएको र हाल उनी पूर्ण स्वस्थ छन् । अन्य चार जना उपचारको क्रममा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।