एनआरएनए सचिवालय शेष घले नेतृत्वको समितिलाई बुझाउन सर्वोच्चको...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री तथा औजार खरिदमा अनियमितता नभएको स्पष्ट पारेको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दावी गर्नुभएको हो ।
विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको र यसको जाँचका लागि आवश्यक औषधि र औषधिजन्य सामान अभाव भएको भन्दै उहाँले अभावबीच किन्दा मूल्य केही बढी हुनसक्ने बताउनुभयो ।
अनुदानमा आएको सामानको मूल्यभन्दा नेपालले कम मूल्यमा किनेको पनि उहाँले दावी गर्नुभयो । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आकस्मिक सेवामा आएका बिरामी फर्काउने अस्पतालाई मन्त्रालयले कारबाही गर्ने बताउनुभयो ।
उहाँले निजि अस्पताललाई आकस्मिक सेवा लिन आएका बिरामीलाई नफर्काउन र स्वास्थ्य सेवा दिन आग्रह गर्दै अटेर गरे कडा कारबाही गर्ने बताउनुभयो । यस्तै उहाँले बुटवलमा क्वारेन्टीनमा बसेकाको ज्यान गएकोबारे नमुना परीक्षणकै क्रममा रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनियाँ दूतावास, सिन्चुवान प्रान्त, अलिबाबा लगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमुना परीक्षणका लागि प्रयोग हुने सबै सामानलाई आजै वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।