फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
दैलेख – कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नारायण नगरपालिकाले दैलेख सदरमुकाममा क्लोरिन नामक औषधि छर्न सुरु गरेको छ ।
सदरमुकामको तर्ताङ्गदेखि भैसेखोरसम्म मूल सडक क्षेत्रमा औषधि छरिएको नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।
नारायण नगरपालिकाको दमकलको सहायताले कीटनाशक छरिएको उहाँले बताउनुभयो ।
दैलेखमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्म, प्रहरी र नारायण नगरपालिको स्वास्थ्यकर्मी टोलीको सहभागितामा औषधि छरिएको हो । यसअघि सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा निर्माण गरिएको आइसोलेशन अस्थायी अस्पतालमा शनिवार क्लोरिन छरिएको थियो ।
कोरोनाको संक्रमण फैलिन नदिन सडक सुविधा पुगेका अरु बस्तीहरुमा पनि औषधि छर्ने योजना रहेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।