गुल्मीमा ५५ जना क्वरेण्टीनमा, ४ सय ७८ शय्याको क्वरेण्टीन वार्ड

 चैत १६, २०७६ आइतबार २०:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै गुल्मीमा ५५ जनालाई क्वरेण्टीनमा राखिएको छ ।

क्वरेण्टीनमा राखिएकाहरुमा कालीगण्डकी गाउँपालिकामा २०, ईस्मामा ११, धुर्कोटमा १० मालीकामा १० र मुसिकोट नगरपालीकामा ४ जना गरि ५५ जना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनु भएको छ । 

क्वरेण्टीनमा राखिएकाहरु मध्य अधिकांस भारतबाट आएका मानिसहरु रहेका छन् । उनीहरु कोरोना संक्रमित नभएपनि बाहिरवाट आएको हुँदा जोखिम कमगर्न स्थानीय पालिकाहरुले केही दिनका लागि आआफ्ना पालिकामा निर्माण गरिएका अस्थाई क्वरेण्टीनमा राखेका हुन् । 

जिल्ला प्रिशासन कार्यालय गुल्मीले दिएको तथ्यांक अनुसार आइतबारसम्म गुल्मीका १२ वटै स्थानीय तहमा भारत र तेश्रो मुलुकबाट आउने मानिसहरुको संख्या १७ सय २४ पुगेकोे छ ।

जिल्ला प्रशासन कार्यालयले दिएको तथ्यांक अनुसार मुसिकोट नगरपालिकामा ३ सय ६०, छत्रकोट गाउँपालिकामा २ सय ३३, रेसुंगा नगरपालिकामा १ सय ५२, धुर्कोट गाउँपालिकामा १ सय ९९, चन्द्रकोटमा १ सय ४२, गुल्मीदरबारमा १ सय ३६, सत्यवतीमा १ सय ३५, मदानेमा १ सय ४, कालीगण्डकीमा ९०, रुरुक्षेत्रमा ८५, मालिकामा ४५ र  ईस्मा गाउँपालिकामा ४३  जना रहेका छन् । 

त्यसैगरी कोरोना संक्रमित बिरामीहरुका लागि गुल्मी अस्पताल तम्घासमा ७ र रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ गरी १२ वटा आइसोलेसन बेडसमेत निर्माण गरिएको बताइएको छ ।

आइतबारसम्म जिल्लामा विभिन्न व्यक्ति र संघ सस्थाहरुको सहयोगमा स्वास्थ्यकर्मीहरुको प्रयोजनका लागि ६८ वटा पीपीई समेत उपलब्ध भएका छन् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया