कर्णालीमा २५ सय शय्याको क्वरेन्टीन : तीनसय ३९ आइसोलेशन बेड तयार

 चैत १६, २०७६ आइतबार २०:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न दुई हजार पाँच सय २८ जनाका लागि क्वरेन्टीन तयार गरिएको छ । पालिकाहरुले मात्रै दुई हजार २८ क्षमताको क्वरेन्टीन बनाएका छन् । 

प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय र दैलेख सदरमुकाममा एकसय क्षमताको क्वरेन्टीन  तयार गरिएको छ । प्रदेशमा तीन सय ३९ वटा आइसोलेशन बेड तयार गरिएको छ । जसमध्ये पालिका अन्र्तगत दैलेखमा २७ र  रुकुमपश्चिमा ५ गरेर ३२  बेडको आइसोलेसन बेड तयार गरेका छन् ।

समाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एकसय २०, प्रदेश अस्पतालमा ८५, मुगुमा ७, डोल्पामा ८, हुम्लामा १०, जाजरकोटमा ६, रुकुमपश्चिममा दश, सल्यानमा २२, कालिकोटमा १४, दैलेखमा ५७ बेडको आइसोलेसन बेड तयार छन् । 

कर्णालीमा आईसियू १७ र भेन्टिलेटर सात क्षमताको रहेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । अहिलेसम्म आठ हजार छसय ५० जना भारत तथा अन्य देशबाट आएका फकिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहहरुले तथ्याङ्क संकलन गर्दै गरेको पनि जनाएका छन् । 

सरकारकी प्रवक्ता  एवंम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कोरोना विरुद्धको प्रतिकार्य योजनाका लागि पालिकामै केन्द्रित भएको जानकारी दिनुभयो । 

उहाँले विशेष गरेर भारत तथा अन्य देशबाट आएका व्यक्तिहरुलाई सुरक्षित रहन आग्रह गरिएको र उनीहरुमध्ये केहीलाई क्वरेन्टीन र होम क्वरेन्टीनमा बस्न भनिएको बताउनुभयो । 

प्रदेश राजधानीमा मात्रै भारतबाट फर्किएर आएका १ सय ८५ जनालाई क्वरेन्टीनमा राखिएको छ । 

 आज मात्रै प्रदेश सरकारले सुदुपश्चिम प्रदेश सरकारसँग समन्वय गरेर भारतबाट फर्किएका कर्णालीका विभिन्न जिल्लाका ६० जनालाई उद्धार गरेर प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको क्वारेन्टीनमा राखेको हो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया