फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
रसुवा – रसुवामा दुई सय ११ शय्याकाे क्वरेण्टीन र ५५ शय्याकाे आइसाेलेसन शय्याकाे आसोलेसन निर्माण गरिएको छ । रसुवाकाे पाँच वटै गाउँपालिकामा क्वरेण्टीन र दुई वटा गाउँपालिकामा आइसोलेसन निर्माण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को शङ्कास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वरेण्टीन र आसोलेसन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
गएकाे बिहीबारदेखि सञ्चालनमा आएकाे क्वरेण्टीन तथा आइसोलेसनमा एक जना पनि शङ्कास्पद बिरामी राखिएको छैन । क्वरेण्टीन र आइसोलेसनमा फ्री वाइफाइको समेत व्यवस्था गरिएको छ ।
गोसाईँकुण्ड गाउँपालिकाको धुन्चेमा रहेकाे कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५०, स्याफ्रुकाे कोमिन स्यामेवाङ्फेल माविमा १५, रसुवागढीकाे होटल तथा लजमा ३०, आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा रहेकाे सरस्वती निमाविमा १५, कालिका गाउँपालिकाको कालिका हिमालय क्याम्पसमा ५० शय्याकाे क्वरेण्टीन बनाइएकाे हाे ।
उत्तरगया गाउँपालिकाको डाँडागाउँमा १५, सांसद मोहन आचार्यको घरमा २१ र नौकुण्ड गाउँपालिकाको पारच्याङमा १५ शय्याकाे क्वरेण्टीन निर्माण भएकाे गाउँपालिकाहरूले जनाएका छन् ।
यसैगरी धुन्चेकाे जिल्ला अस्पतालमा चार, महिला विकास कार्यालयको भवनमा १६, कालिका गाउँपालिकाको जीवजीवे ग्रामीण अस्पतालमा २० र नीलकण्ठ नमुना माविमा १५ शय्या गरी गरी ५५ शय्याकाे आसोलेसन निर्माण गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।