साउदीले अनिश्चितकालका लागि रोक्यो हवाई उडानसहित अन्य सेवाहरु

 चैत १७, २०७६ सोमबार ११:३०:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना सङ्क्रमितको संख्या बढेपछि साउदीले अनिश्चितकालका लागि अन्तराष्ट्रिय उडानसँगै निजी र सार्वजनिक सेवाहरु बन्द गरेको छ । कोरोना रोकथामका लागि यसअघि दुई हप्ताका लागि सरकारी र निजी कार्यालयहरुका सबै हवाईसेवा, बस, रेल लगायतका सेवा बन्द गरेको थियो ।

तर आइतबार सङ्क्रमित र मृत्यु हुनेको संख्या पनि बढेपछि साउदीले अनिश्चितकालका लागि बन्द गरेको अरब न्युजले खबर लेखेको छ । रियाद, मक्का र मदिनामा स्थानीय समय अनुसार दिउँसोको तीन बजेदेखि नै कर्फ्यु जारी गरिएको छ भने यी सहर लकडाउन पनि छन् ।

एक सहरबाट अर्को सहरमा आउन जान पनि रोक लगाइएको छ । आइतबार ९६ जना नयाँ सङ्क्रमितको सँख्या थपिएको र उनीहरुमध्ये २८ जना यात्राका कारण र ६८ जनामा पुराना सङ्क्रमितसँगको सम्पर्कका कारण भएको साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खाडीका अरु देशको तुलनामा साउदीमा कोरोना सङ्क्रमतिको सँख्या बढी भए पनि अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रभु सिंह रानाभाट

    March 30, 2020, 11:38 a.m.

    हाम्रो देश मा पनि अनिश्चित कालीन हवाई सेवा रोकिनु पर्छ। बिशेष गरी बिदेश बाट आउने जहाज लाई रोक लगाउन जरूरी छ नत्र हाम्रो देश रहन्न।

  •  0 Reply

तपाईको प्रतिक्रिया