फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
उदयपुर - सरकारले घोषणा गरेको लकडाउनका कारण मदन भण्डारी राजमार्ग निर्माणमा कार्यरत मजदूरहरु बिचल्लीमा परेका छन् ।
मदन भण्डारी राजमार्गको उदयपुरदेखि सिन्धुलीको भिमान खण्डमा कार्यरत झण्डै तीन सय ५० मजदूर बिचल्लीमा परेका हुन् । जेडआईईसी शर्मा लामा जेभीले काममा लगाएका मजदूरहरु एक हप्तादेखि बेवारिसे अवस्थामा सडकमै रहेका छन् ।
‘लक डाउनले गर्दा साइटमा काम भएको छैन’, काठमाण्डौ घर भएका मजदूर शेरबहादुर तामाङ्गले भन्नुभयो, ‘यहाँ काम पनि छैन, घर जान पनि पाइएन ।’ सरकारले घरसम्म पुर्याइदिने व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन् ।
मजदूर शिविरमा २३ जिल्लाका ३४७ जना रहेको लामा शर्मा जेभिका ईन्जिनियर सिताराम दाहालले बताउनुभयो ।
‘सबैभन्दा बढी बर्दिया जिल्लाका रहेका छन्’, ईन्जिनियर दाहालले भन्नुभयो, ‘दाङ्ग जिल्लाका ५६, कैलालीका ५३, दोलखाका २३ र सल्यानका ३० जना मजदूरहरु बाटोमा रहेका छन् ।’
अलपत्र परेका मजदूरहरुलाई घरसम्म पुर्याउने जिम्मेवारी कम्पनीको भएकाले प्रशासनसँग समन्वय गरी घर पुर्याउने व्यवस्था गरिने दाहालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराएमा आजै सवारी व्यवस्था गरेर मजदुरको घर घर पुर्याउने तयारी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।