फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकैदिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणको दायरा बढाउँदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको र सोमबार मात्रै ७६ वटाको नमु परीक्षण भएको बताउनुभएको हो ।
सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र धरानमा नमुना परीक्षण सुरु भइसकेको र सोमबार सम्म १९ वटा नमुना परीक्षण गरेको छ ।
सोमबार धरानमा थप ६ वटा नमुना परीक्षण भइरहेको छ । धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाइएको छ ।
मन्त्रालयले बुटवलमा दुबईबाट आएका ३४ वर्षीय पुरुषको कोरोना भाइरसका कारण ज्यान नगएको पुष्टि गरेको छ । ती व्यक्तिको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।
पाटन अस्पतालमा ज्यान गुमाएका ३६ वर्षीया पुरुष र वीर अस्पतालमा ज्यान गुमाएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमुना परीक्षणको क्रममा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
अहिलेसम्म कोरोना संक्रमण देखिएका ४ वटै पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र उनीहरुका नजिकका परिवारका सदस्य र आफन्तहरुको हालसम्म गरिएको परीक्षण नेगोटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयको स्रोतबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म प्रदेशहरुमा ९३ जना आइसोलेसनमा रहेको र २ सय १७ वटा नमुना संकलन भएको पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।
उहाँले प्रत्येक प्रदेशमा १ हजार सेट पीपीई, १० हजार भन्दा बढी मास्क, २० हजार न्दा बढी ग्लब्स पठाईएको जानकारी दिनुभयो । उहाँले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुदै पठाइएको बताउनुभयो ।
त्यसैगरी क्लोरिन र अन्य सामग्रीहरु पनि सबै प्रदेशलाई पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।
पालिकामा रहेका विदेशबाट आएका व्यक्तिहरुमध्ये अहिलेसम्म ४१ हजार १ सय ४० जनाको लिखित विवरण अद्यावधिक गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।