कोरोना रोकथामको लागि तरुण दलले स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्ने

 चैत १८, २०७६ मंगलबार १२:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल तरुण दलले कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला स्थानीय प्रशासनसँग मिलेर समन्वय गर्न आफ्ना जिल्ला समितिलाई परिपत्र गरेको छ ।

चैत २५ गतेसम्मको लकडाउनको अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहकाले सहज बनाउन जिल्ला समितिलाई परिपत्र गरिएको तरुण दलका अध्यक्ष जीतजँग बस्नेतले जानकारी दिनुभयो ।

तरुण दलले बाहिरी देशबाट आएका व्यक्तिलाई क्वारेण्टीनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई सघाउन, विभिन्न क्षेत्रबाट आएर बसेका व्यक्तिलाई कुनै समस्या परे, समाधान गर्न सहयोग गर्न, गन्तव्यसम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न, खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजग हुन र एक अर्काबीच दुरी कायम गर्न सहजीकरण गर्न, लकडाउनको समयमा सम्पूर्ण गतिविधि बन्द भएका कारण दिनभरी ज्याला मजदुरी गरेर बिहान बेलुकीको छाक टार्न समस्या भएको पाइए आवश्यक सहयोग गर्ने परिपत्रमा भनिएको अधयक्ष बस्नेतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया