फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
भक्तपुर - भक्तपुरका ६२ वटा इँटा भट्टामा काम गर्ने १९ हजार मजदूर घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको ताकेतामा इँटा व्यवसायीहरुले कामदारलाई घर फर्काएका हुन् ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा भेटिएपछि सरकारले २५ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले मजदूरहरु घर फर्कन चाहेपछि व्यवासायीले उनीहरुलाई घर फर्काउने व्यवस्था गरेको जानकारी दिनुभयो ।
घर जान चाहने मजदूरलाई ५२ वटा सवारी पास जारी घर फर्काइएको हो । बाँकी केही मजदूरहरुलाई केही दिनमा फर्काउने पाण्डेले जानकारी दिनुभयो । भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्याम्बाले विगत १३ दिनदेखि काँचो इँटा बनाउने काम बन्द गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘भक्तपुरको इँटा भट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर पुर्याएका छौँ । इँटा बोक्ने केही मजदूर बाँकी छन् उनीहरुलाई पनि पठाउने व्यवस्था गर्दैछौँ । भारतका केही मजदूर छन्,उनीहरुलाई कसरी पठाउने भनेर छलफल भइरहेको छ ।’
लकडाउनले भारतबाट आयात हुने कोइला आउन छाडेको र मजदूर पनि गएपछि इँटाभट्टा बन्द हुन थालेका छन् । मजदूर घर फर्किएपछि खेलभरी लाखौँ काँचो इँटा असरल्ल भएको छ ।
‘विगतका वर्षमा घर फर्कदा मजदूरहरु सबै हिसाब सकेर हातमा लाखौँ बोकेर खुसी भएर जान्थे, यस वर्ष कोरोनाका कारण सीडीओ साहेबले छिटो पठाऊ भन्नुभयो, लकडाउनले बैंक पनि खुलेनन्,’ अध्यक्ष ह्याम्बाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।