फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
दाङ - दाङको सदरमुकाम घोराहीमा चौबिसै घण्टा लकडाउन लागू भएपछि दैनिक आवश्यकीय वस्तुहरु घरघरमा पुर्याउन थालिएको छ ।
स्थानीय प्रशासनले दैनिक बिहान ६ देखि ९ बजेसम्म तीन घण्टाका लागि दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न सकिने समय तोकेकोमा अत्यधिक भिडभाड र सङ्क्रमणको जोखिम भएका कारण पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको हो ।
पूर्ण रुपमा लकडाउन भएपछि वडा नम्बर १४ र १५ को समन्वयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले उपभोक्ताहरुको घर घरमा दैनिक खाद्य वस्तुहरु पुर्याउन थालेको हो ।
चामल, तरकारी, नुन, तेल, दाल, दुध, फलफुल, पिठो, साबुन र च्याउ जस्ता सामानहरु उपभोक्ताको घरघरमा पुर्याउन थालिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो। यसका लागि १२ वटा गाडी र एउटा मोटरसाइकल प्रयोगमा ल्याइएको छ। गाडीहरु माइकिङ गर्दै प्रत्येक टोल टोलमा जाने र घरमा बस्नेहरुले गेटबाटै समान खरिद गर्ने व्यवस्था मिलाइएको छ ।
तत्कालका लागि बजारमा बचत अवस्थामा रहेका खाद्यान्नहरु पसलकै मूल्यमा बिक्क्री हुने व्यवस्था गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।