आयल निगमद्वारा घुम्ती सेवामार्फत एलपी ग्यास वितरण सुरु

 चैत १८, २०७६ मंगलबार १५:२२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवामार्फत ग्यास वितरण सुरु गरेको छ । 

आजदेखि चक्रपथ भित्र र अस्पताल तथा आश्रम आसपासका ठाउँमा घुम्ती सेवामार्फत ग्यासको सिलिण्डर बिक्री गर्न थालेको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण थालिएको छ । 

अति आवश्यक पर्ने उपभोक्ताले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिनसक्ने उहाँले बताउनुभयो । यस्तै, निःशुल्क खाजा खुवाउने ठाउँ वा व्यक्ति, सरकारले तोकेको क्वरेन्टीन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने निगमले जनाएको छ । 

निगमले ग्यासको आवश्वश्यकता परेमा ४२६४६००, ४२६३४८५,  र ९८४७९५३१६३ मा सम्पर्क गर्न आग्रह पनि गरेको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया