भ्रमण वर्षको सचिवालय विघटन गर्ने सरकारको निर्णय

 चैत १८, २०७६ मंगलबार १६:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालय विघटनको निर्णय गरेको छ ।

कोरोना भाइरसको असर लगायतले नेपाल भ्रमण वर्ष स्थगित गरेको सरकारले बल्ल सचिवालय विघटनको निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले वैशाख १ गते सचिवालय विघटन हुने जानकारी दिनुभयो ।

भ्रमण २०२० स्थगित गरे पनि सचिवालय विघटन नगरेर कर्मचारीलाई तलव खुवाइरहेको भन्दै विरोध भैरहेको थियो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया