कोरोना भाइरस नियन्त्रणका लागि पूर्व स्वास्थ्य राज्यमन्त्रीद्वारा साढे ३ करोड रुपैयाँ सहयोग

 चैत १८, २०७६ मंगलबार १६:२९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले संसदीय कोषमार्फत कोराना भाइरस (कोभिड १९) को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन साढे ३ करोड रुपैयाँ सहयोग गर्नुभएको छ ।

महोतरी क्षेत्र नम्बर ४ का सांसदसमेत रहनुभएका डा यादवले महोतरी आफ्नो क्षेत्रका ५ वटा पालिकाका लागि  सहयोग रकम उपलब्ध गराउनुभएको हो । सहयोग रकम सम्सी गाउँपालिकालाई १ करोड र औरही, रामगोपालपुर, मनरा, सिस्वा र सोनमा गाँउपालिकालाई पचास पचास लाखको दरले प्रयोग हुने र आवश्यकता अनुसार सो रकममा थप गरिने डा यादवले बताउनुभयो ।

डा. यादवले सहयोग गरेको रकमबाट प्रत्येक पालिकाहरुमा कोरोना संक्रमणको शंकास्पद व्यक्तिहरु र खास गरेर देश बाहिरबाट आएकाहरुलाइ क्वरेण्टीन निर्माणलगायत आवश्यक पर्ने कुराको व्यवस्थापन गरिनेछ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • रमेश भुसाल

    April 1, 2020, 8:27 a.m.

    सरकारले विनियोजन गरेको रकम पनि सहयोग हुन्छ र ? यो समाचार बनाउनु र प्रकाशन गर्नु पूर्व सम्बन्धित पक्षले एकपटक विचार गर्नु पर्ने होइन र ? सरकारी रकम पनि सांसदले सहयोग गरेको भनेर समाचार बनाउने ।

  •  0 Reply

तपाईको प्रतिक्रिया