फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - उपत्यका बाहिर अब दैनिक एक हजार जनाको कोरोना (कोभिड १९) जाँच हुने भएको छ ।
सरकारले तत्काल संचालन गर्नसक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याब र स्तररोन्नति गर्नुपर्ने स्थानमा पोर्टेबल पीसीआर ल्याब मार्फत परीक्षण सुरु गर्न लागेको हो ।
हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको कीटजन्य रोग अनुसन्धान केन्द्रको ल्याब तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेका मन्त्रालयले जनाएको छ ।
अन्य प्रदेशका लागि आइतबार चीनबाट आएका पोर्टेबल ल्याब पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । चीनबाट ल्याइएका पाँच ओटै पोर्टेबल पीसीआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोविड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।
‘हामीले धरानबाट परीक्षण सुरु गरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘अब स्थायी ल्याब सञ्चालन गर्न स्तरोन्नति गर्नुपर्ने ठाउँमा आइतबार ल्याइएका मेसिन पठाएर तत्कालै परीक्षण सुरु गर्छाँै ।’
मेसिन गएसँगै अब उपत्यका बाहिरबाट दैनिक एक हजार जना सम्मको कोविड १९को जान हुनसक्ने उहाँको भनाइ छ । खनालले उपत्यका बाहिर स्तरोन्नति गरी कोभिड १९ परीक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिनुभयो । मंगलबारबाट पोखरामा पोर्टेबल मेसिनबाट कोविड १९ जाच सुरु गरिसकिएको मन्त्रालयले जनाएको छ ।
सरकारले जाँचलाइ तीव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुर पश्चिमको धनगढीबाट तत्काल पोर्टेबल पीसीआर बाट जाँच सुरु गर्ने तयारी गरेको छ ।
पोर्टेबल पीसीआरबाट परीक्षण सुरु भएसँगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्याबलाइ स्तरोन्नति गरी सञ्चालनमा ल्याउन जनशक्ति पठाइसकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी वाग्मती प्रदेशमा काठमाडौ बाहिर हेटाँैडामा रहेको किटजन्य रोग नियन्त्रण केन्दै्रमा रहेको प्रयोगशालाइ प्रयोगमा ल्याउन विज्ञको टिम आइतवार नै त्यता गइसकेको खनालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोशगाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जको ल्याबलाइ स्तरोन्नति गरी सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ ।
त्यस्तै कणली प्रादेशिक अस्पताल र सुदुर पश्चिम प्रादेशिक अस्पतालमा पनि ल्याब स्तरोन्नति गर्न टोलि खटिइसकेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहोनीले जानकारी दिनुभयो ।
आइतबारबाट परीक्षण सुरु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अहिले एक चरणमा १२ जनाको स्वाब परीक्षण गर्न सकिने प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्राडा गुरु खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आवश्यकता परे एक पटकमा २४ जना सम्मको परीक्षण गर्न सकिनेछ । ‘अहिले हामीले एक पटकमा १२ बटा जाँच गर्न सक्छौँ’,खनालले भन्नुभयो, ‘आवश्यक परे थप १२ को गर्न सक्नेगरी तयार हुदैछाँै ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।