‘ज्वरो आएका बिरामीलाई भेदभाव नगर’

 चैत १८, २०७६ मंगलबार १७:४१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले ज्वरो आएका बिरामीको उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।

 केही अस्पतालले ज्वरो आएका बिरामीको उपचार नगरेको भन्ने गुनासो आएकाले ज्वरोका बिरामीको उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएको हो  । 

आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भेदभाव गर्ने गरेका पाइएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । 

उहाँले  ज्वरो आउनासाथ कोरोना भएको हुन्छ भन्ने भ्रम हटाउन पनि सुझाव दिनुभयो । यस्तै व्यक्तिगत सुरक्षा सामाग्री पीपीईको दुरुपयोग भएको देखिएको भन्दै त्यसो नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा केही स्वाथ्यकर्मीले व्यक्तिगत सुरक्षा सामाग्री पीपीई लगाएर फोटो खिचेर राखेको देखिएको भन्दै जटिल परिस्थितिमा अति आवश्यक पर्ने पीपीई को सदुपयोग गर्न आग्रह गर्नुभयो । 

यस्तै, मन्त्रालयले कोभिड १९ को छिटो परीक्षण हुने भन्दै हल्ला फैलाएर र्यापिड टेष्ट किटमार्फत परीक्षण गर्ने बताइरहेकाले त्यो विश्वास नगर्न पनि आग्रह गरेको छ । 

र्यापिड टेष्ट किटलाई विश्वस्वास्थ्य संगठनले मान्यता नदिएकाले त्यसको पछि नलाग्न  पनि मन्त्रालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया