एनआरएनए सचिवालय शेष घले नेतृत्वको समितिलाई बुझाउन सर्वोच्चको...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - कोरोना संक्रमणका कारण बेल्जियममा १२ वर्षकी बालिकाको ज्यान गएको छ ।
समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणका कारण १२ वर्षीयको ज्यान गएको यो पहिलो घटना हो ।
कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २ सय १ देशमा फैलिएको छ । आज सिएरा लियोनमा एक जना नयाँ संक्रमित भेटिएसँगै विश्वका २ सय १ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिएको पाइएको हो ।
अहिलेसम्म ८ लाख ३ हजार ४ सय ६६ जना संक्रमित भएका छन् । १ लाख ७२ हजार ४ सय २५ जना उपचारपछि निको भएका छन् भने ५ लाख ९२ हजार ३ जनाको उपचार चलिरहेको छ ।
३९ हजार ३८ जनाको ज्यान गएको छ । अहिलेसम्म इटलीमा सबैभन्दा धेरै ११ हजार ५ सय ९१ जनाको ज्यान गएको छ भने अमेरिकामा सबैभन्दा धेरै १ लाख ६४ हजार ६ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।