कोरोना नियन्त्रण कोषमा पूर्वराजाको दुई करोड सहयोग

 चैत १८, २०७६ मंगलबार २०:३७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने हुनुभएको छ । 

आज विज्ञप्तिमार्फत पूर्वराजपरिवार आवद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँको परिवारले सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिने घोषणा गर्नुभएको हो । 

कोरोनाले देश र नागरिकमा भय र सन्त्रास पैदा गरेको भन्दै ‘लकडाउन’ बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको उहाँले बताउनु भएको छ । 

उहाँले महामारीको यस क्षणमा ज्यानको पर्वाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार पनि प्रकट गर्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया