कोरोना भाइरसको प्रकोप दोस्रो विश्व युद्धपछि सबैभन्दा ठूलो चुनौती : राष्ट्र सङ्घ महासचिव

 चैत १९, २०७६ बुधबार ७:११:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

यही अवस्था रहिरहे मन्दी आउन सक्ने चेतावनी दिँदै महासचिव गुटेरेसले पछिल्लो समय झन् अन्योल बढेको बताए । 

 महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको बारेमा संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनको प्रक्षेपणमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख ५० हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको सङ्ख्या ४२ हजारभन्दा बढी छ ।

यसैबीच अमेरिकामा भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६ सात पुगेको छ, यो सङ्ख्या चीनमा भन्दा धेरै हो ।

एक लाख ८८ हजारभन्दा बढी अमेरिकी नागरिक सङ्क्रमित भइसकेका अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया