फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
बर्दिया - कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन बर्दियामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण र केन्द्रबाटै आएको निर्देशनअनुसार अन्यत्र जिल्लाबाट पास बनाएर आएकाहरुलाई पनि बर्दिया जिल्ला प्रवेश गर्नमा रोक लगाइएको हो ।
काठमाण्डौ, बुटवल लगायतका क्षेत्रबाट पास बनाएर कामदार छाड्न आएका गाडीलाई बर्दिया प्रवेशमा रोक लगाइएको हो । पास बनाएर आएकालाई बर्दिया सीमा नाकाबाटै फर्काइएको छ ।
बुधबार बिहानदेखि अहिलेसम्म ३ वटा बस र बसमा रहेका सबै यात्रुलाई जहाँबाट आएका हुन् उतै फर्काइएको बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक यादव विकले बताउनुभयो ।
प्रवेश निषेध गरेसँगै अन्य जिल्लाबाट पास लिएकाहरु अलपत्र परेका छन् । निषेधाज्ञा जारी गरिएसँगै बुधबारबाट थप कडाइ गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।
‘नेपाल सरकारले जहाँको त्यहीँ राख्नु भनेर आएको निर्देशन अनुसार बर्दिया प्रवेशमा कडाइ गरेका कारण रोक लगाएका हौँ’, प्रजिअ लामिछानेले भन्नुभयो । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बाँसगढी नजिक बाँके बर्दिया सीमाको मानखोलामा र नेपालगंज गुलरिया सडक अन्तर्गत बढैयाताल भोलागौडि नजिक बाँके बर्दिया सिको मानखोलामा जहाँबाट आएको उतै फर्काउन थालेका छन् ।
स्थानीय समाजसेवी राजु सुबेदी भन्नुहुन्छ, ‘निषेधाज्ञाका कारण प्रवेश गर्नमा रोक लगाइएको हो भने उनीहरुलाई अलपत्र भएकै ठाउँमा क्वरेन्टीन बनाएर राख्नु पर्यो, यस्तो दुःख दिनुभन्दा कर्फ्यु लगाए हुन्थ्यो' कृपया केही उपाय निकाल्नुस्, उनीहरुको उद्धार गर्नुस्। '
बाहिरबाट आएपछि कि घर जान दिन पर्यो, कि क्वरेन्टीनमा राख्नु पर्यो, यसरी दुख किन दिने, यात्रुहरुको बिजोग देखेर ‘लकडाउन’ होइन, अब कर्फ्यु लगाउ सरकार भन्न थालेका छन् । अलपत्र परेकालाई खानाको व्यस्था मिलाउन नसक्दा पास बनाएर जिल्ला भित्रिने दिनहुँ बढिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।