कोरोनाको सङ्क्रमण रोक्ने र विपन्नलाई राहत दिने प्रधामन्त्री ओली र प्रचण्डबीच छलफल

 चैत २०, २०७६ बिहिबार ६:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - कोडिभ–१९ को सङ्क्रमण रोक्ने र विपन्नलाई राहत दिने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गरिब, किसान, मजदुर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा संवाद भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा उहाँहरुबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिका टिप्पणीका बारेमा पनि कुराकानी भएको थियो ।

यस्तै नेपाल र भारत दुवै देशले 'लकडाउन' गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको उद्धार गर्ने विषयमा पनि छलफल भएको  छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया