'लकडाउन' उल्लङ्घन : काठमाण्डौ उपत्यकाबाट दुई सय ५० भन्दा बढी नियन्त्रणमा

 चैत २०, २०७६ बिहीबार ८:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा बिहीबार बिहानै लकडाउन उल्लङ्घन गर्ने साढे दुई सयभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ७ बजेसम्ममा उपत्यकाका विभिन्न ठाउँबाट दुई सय ४८ जना पुरुष र ३५ जना महिला गरी दुई सय ८३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक काम नपरि घरबाहिर निस्किएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अब सोधपुछ गरेर अति आवश्यक कामका लागि हिँडेको भए छाडिने नत्र केहीबेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ ।
लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ ।

यस्तै खाद्य लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने निकाय र सङ्घ संस्थाका गाडीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पास वितरण हुनेछ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका गाडीका लागि नेपाल राष्ट्र बैंक र राष्ट्र सेवक कर्मचारीले प्रयोग गर्ने गाडीका लागि सम्बन्धित मन्त्रालयबाट सवारी पास लिन सकिनेछ । अरु आकस्मिक प्रयोजनका लागि भने जिल्ला प्रशासन कार्यालयले नै सवारी पास उपलब्ध गराउने छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया