भारतका युवा इञ्जिनियर कम खर्चमा भेन्टिलेटर बनाउँदै

 चैत २०, २०७६ बिहिबार ९:५८:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतको पुणे शहरमा केही युवा इञ्जिनियर कोरोना भाइरसलाई हराउने कोसिस गरिरहेका छन् । 

उनीहरू झण्डै आठ हजार वर्ग फिटको एक कारखानामा सस्तो भेन्टिलेटर बनाउने प्रयास गरिरहेका छन् ।

यदि भारतमा कोरोना महामारी फैलियो भने अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्छ । 

यस्तो अवस्थामा सस्तो भेन्टिलेटर हजारौँ मानिसको ज्यान बचाउन काम आउन सक्नेछ ।

भेन्टिलेटर बनाउन जुटेका यी युवा इञ्जिनियर भारतको सबैभन्दा ठूलो इञ्जिनियरिङ कलेजबाट आएका हुन् । 

यी युवा इञ्जिनियर दुई वर्ष पुरानो एउटा स्टार्ट अप कम्पनीमा काम गर्छन्, जसले पानी बिना चल्ने रोबोट तयार गर्छ, जसले सौर्य ऊर्जा संयन्त्रलाई सफा गर्छ । 

भारतमा अहिले कति भेन्टिलेटर ?

यो कम्पनीको नाम नोक्का रोबोटिक्स हो । गएको वर्ष यो कम्पनीको‌ नाफा २७ लाख भारतीय रुपैयाँ थियो । 

नोक्का रोबोटिक्समा मेकानिकल, इलेक्ट्रोनिक र एरोस्पेस इञ्जिनियर काम गर्छन् । यिनीहरूको औसत उमेर मात्र २६ वर्ष छ । 

भारतमा यो समय मात्र ४७ हजार भेन्टिलेटर रहेको धेरैको अनुमान छ ।

तर श्वासप्रश्वासमा सहयोग गर्ने यो मेसिनले कत्तिको प्रभावकारी काम गरिरहेको छ भन्नेबारे कसैलाई थाहा छैन ।
तर भारतमा उपलब्ध भेन्टिलेटर आईसीयूमा पहिलेदेखि नै भर्ना भएका अन्य बिरामीको उपचारमा प्रयोग भइरहेको बताइएको छ । 

भेन्टिलेटर बनाउन कति खर्च लाग्छ ?

यो नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुने हरेक ६ मध्ये एक जनाको अवस्था गम्भीर हुन्छ । यसमा श्वासप्रश्वासको समस्या पनि आउँछ ।

विश्वका अन्य देशको अस्पताल जस्तै भारतमा पनि बिरामीको भिड बढ्दै जाँदा डाक्टरहरु कसलाई उपचार गर्ने र कसलाई उपचार नगर्ने भन्ने अवस्था पुग्छन् । 

अहिले भारतमा दुई वटा कम्पनीले भेन्टिलेटर बनाउने गरेका छन् । विदेशबाट उपकरण मगाउँछन् । यी भेन्टिलेटर बनाउन झण्डै डेढ लाख भारुको खर्च आउँछ । 

यी दुई कम्पनीमध्ये एक कम्पनी एगवा हेल्थकेयरले एक महिनामा २० हजार भेन्टिलेटर बनाउने योजना बनाएको छ ।

योबाहेक भारतले चीनबाट १० हजार भेन्टिलेटर मगाउन आदेश दिएको छ । 

तर यी कम्पनीले आवश्यकताको केही हिस्सा मात्र पूरा गर्न सक्नेछन् । 

नोक्का रोबोटिक्स स्टार्ट अप कम्पनीमा काम गर्ने इञ्जिनियर शरीरमा लगाउन मिल्ने भेन्टिलेटर बनाउने कोसिस गरिरहेका छन्, यसको लागत झण्डै ५० हजार भारुको हाराहारी हुने अनुमान गरिएको छ । 

काम सुरु गरेको पाँच दिनभित्र नै यो कम्पनीको सात जना इञ्जिनियरको समूहले एक पोर्टेबल भेन्टिलेटरको तीन प्रोटोटाइप तैयार गरेका छन् ।

यिनको परीक्षण कृत्रिम फोक्सोमा गरिनेछ ।

ये एक प्रोस्थेटिक उपकरण हो, जसले अक्सिजन आपूर्ति गर्छ रगतबाट कार्बनडाइअक्साइडलाई अलग गर्छ ।

यदि मन्जुरी मिल्यो भने ७ अप्रिलसम्म आफूहरुले बनाएको भेन्टिलेटरको प्रयोग बिरामीमा गर्न सकिने यो कम्पनीका इञ्जिनियरहरुको योजना छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया