फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत अरु परीक्षाको तयारी गरिरहेकाहरुलाई दैनिक बढीमा एक घण्टामात्र सामाजिक सञ्जालको प्रयोग गर्न मनोचिकित्सकले सुझाव दिएका छन् ।
लामो समय सामाजिक सञ्जालमा बस्दा नियमित गरिने पढाइमा असर गर्ने भएकाले तोकेर निश्चित समयमा मात्रै सामाजिक सञ्जालको प्रयोग गर्न मनोचिकित्सक ऋषभ कोइरालाले सुझाव दिनुभयो । उहाँले तालिका बनाएर स्कुलमा जस्तै नियमित पढ्ने र खेल्ने समय बनाउन पनि आग्रह गर्नुभयो ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले गएको ६ गते तय भएको एसईईसँगै स्नातकदेखि स्नातकोत्तर तहसम्मको परीक्षा अन्तिम समयमा स्थगित गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयलाई सकारात्मक रुपमा लिएर तयारीको समय अझै थपिएको भन्दै तालिका बनाएर पढ्न कोइरालाको सुझाव छ ।
यस्तै राष्ट्रिय शिक्षा परिषद्ले यसअघि नै १२ कक्षाको परीक्षा आउँदो वैशाख १५ गतेदेखि २६ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म हुने निर्णय गरे अनुसार तयारीमा जुट्न पनि मनोचिकित्सक कोइरालाको सुझाव छ । घरमै बसेर स्कुल गएको जस्तै गरेर ९ बजेदेखि विभिन्न विषय पढ्न सकिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।