फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मेडिकल सामग्री खरिद प्रकरणका बारेमा निष्पक्ष अनुसन्धान गर्न ढिलो गरिएको र ढाकछोप गर्ने प्रयत्न भइरहेकोे भन्दै आपत्ति जनाएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर मेडिकल सामग्री खरिदका बारेमा निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्ने, ढाकछोप गर्ने तथा समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
कोरोना भाइरसको जोखिम कम गर्नका लागि युद्धस्तरमा काम गर्नुपर्ने बेलामा अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने काम गरेको भन्दै विज्ञप्तिमा यो ढिलासुस्ती र अनियमिततामा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ ।
यस्तै, विज्ञप्तिमा अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतका कमसल सामग्री खरिदलगायत आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफीयोग्य नभएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी रहेकोमा जोड दिइएको छ ।
सभापति देउवाले लकडाउनको प्रतिकूल अवस्थामा पनि क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएकोमा संचारमाध्यमहरुलाई विशेष कदर र प्रोत्साहन गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद भएको बताउनुभएको छ ।
काठमाडौ प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक रहेकाले यसका दोषीलाई कारबाही गर्न पनि सभापति देउवाले माग गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।