फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (काेभिड १९) को परीक्षण व्यापक बनाउन सरकारलाई अनुरोध गरेको छ ।
कैलालीमा घरमै बसेकी महिलालाई पनि कोरोना देखिएकाले अब नेपाल कोरोना गम्भीरताको दोस्रो चरणमा पुगेको भन्दै कांग्रेसले कुनै साइत नकुरिकन परीक्षणलाई विस्तार गर्न आग्रह गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा 'हाम्रो गम्भीर सतर्कता नपुगेका कारण घरमै रहेकी महिला सङ्क्रमित बन्न पुगेकाले अब यसअघि सङ्क्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण तत्काल गर्न' माग गरिएको छ ।
विदेशबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न कडा सूचना प्रकाशित गर्न तथा त्यसको नियमन स्थानीय प्रशासनमार्फत पालिकाहरुले गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अब सबैखाले ढिलासुस्ती र अकर्मण्यता त्यागेर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्नुपर्ने र समयको गम्भीरता अनुरुप गति बढाउन पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 4, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।