आजदेखि चितवन र बुटवलमा पनि काेराेना परीक्षण गर्ने तयारी

 चैत २३, २०७६ आइतबार ७:४६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आइतबारदेखि चितवन र बुटवलमा पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्ने तयारी गरेको छ । यसअघि जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरेको सरकारले आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो । 

योसँगै अझै धेरै जनाको कोरोना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यसअघि विदेशबाट आएकाहरुमा मात्र कोरोना देखिएको र अब नेपालमै रहेकामा पनि सङ्क्रमण देखिएकोले कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै थप सजकता अपनाउन अनुरोध गर्नुभएको छ ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले थप सावधानी अपनाउन देवकाेटाकाे सुझाव छ । विशेषगरी विदेशबाट आएकाहरुलाई केही समय परिवारबाट अलग्गै बस्न उहाँले आग्रह गर्नुभयो । 

यस्तै लकडाउनको पालना गर्न पनि सरकारले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन वटा अस्पतालमा १५ जना र उपत्यकाबाहिर ५४ जना गरी ६९ जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेको छ । 

यस्तै शनिबारसम्ममा १५ सय २१ जनाको कोरोना परीक्षण गरिएकोमा १५ सय १२ जनामा कोरोना नभएको र ९ जनामा कोरोना भएको पाइएको छ । एक जना उपचारपछि निको भएका छन् भने चार जनाको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा, दुई जनाको बागलुङ र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार चलिरहेको छ । 

शनिबार विभिन्न ठाउँमा गरी अहिलेसम्मकै धेरै दुई सय २९ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया