कोरोना भाइरस : १२ लाखभन्दा धेरै सङ्क्रमित

 चैत २३, २०७६ आइतबार ९:१८:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ -  विश्वभर कोरोना भाइरस (कोभिड  १९) बाट १२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । 

अहिलेसम्म दुई सय ६ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना सङ्क्रमणका कारण १२ लाख एक हजार ९ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका छन् । आठ लाख ९० हजार पाँच सय ९४ जनाको उपचार भइरहेको छ । भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार सात सय २७ पुगेको छ ।

गएको २४ घण्टामा अमेरिका र फ्रान्समा दुई हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा एक हजार ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या साढे सात हजार नाघेको छ । यस्तै अमेरिकामा एक हजार ४८ जनाको ज्यान गएसँगै आठ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ । 

यस्तै अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गएको २४ घण्टामा विभिन्न देशमा पाँच हजार पाँच सय एक जनाको ज्यान गएको छ भने ८४ हजार सात सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया