फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) राेकथाम र नियन्त्रणका लागि सरकारले 'लकडाउन' घाेषणा गरेपछि काठमाण्डाै सहित देशका विभिन्न ठाउँमा रगतकाे अभाव भएकाे छ ।
रगतकाे अभावलाई मध्यनजर गर्दै ब्लड फर नेपालको नेतृत्वमा तथा अन्तर्राष्ट्रिय बुढोकैदो महासङ्घ नेपालको सहयोगमा र हिमाल अस्पताल रक्त सञ्चार केन्द्रको सहकार्यमा शनिबार रक्तदान सम्पन्न भएकाे छ । 'घरदैलो रक्तदान अभियान' अन्तर्गत चन्द्रगिरि नगरपालिका ५ काे किसिपिडि लाछीमा सुरक्षित रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।
ब्लड फर नेपाल काठमाण्डाैका संयोजक सुनिल महर्जनको नेतृत्व तथा सङ्गीता बलामी, सञ्जिव शाही, वीरकृष्ण महर्जनको विशेष सहयोगमा भएको कार्यक्रममा ४८ प्याकेट रगत सङ्कलन भएको छ । यस्तो कठिन समयको सामना गर्दै जीवन रक्षाका लागि रक्तदाताहरूले देखाएकाे मानवीय कार्य स्मरणीय रहेको संस्थाले जनाएकाे छ ।
'घरदैलो रक्तदान अभियान' अन्तर्गत पहिलो चरणमा ६ प्याकेट, दोस्रो चरणमा २४ प्याकेट र तेस्रो चरणमा १८ प्याकेट रगत सङ्कलन भएकाे हाे । यदि काेही रक्तदान गर्न चाहन्छन् भने सम्पर्क गर्न संस्थाले आग्रह गरेकाे छ ।
कार्यक्रमका संयोजक सुनिल महर्जनले रक्तदान गर्न आवश्यक पर्ने ग्लाेभ्स, मास्क (मुखावरण), पीपीई काे अभाव भइरहेकाे हुँदा सहयाेग गर्न अपिल गर्नुभएकाे छ ।
ब्लड फर नेपालका उपाध्यक्ष प्रविन नेपालजले भन्नुभयाे 'कोरोनाबाट आफू बचाैँ, रक्तदान गरी अरुलाई बचाऔँ । देश सङ्कटको अवस्थामा गुज्रिरहेको छ । कत्तिका घरमा चुलो बल्न सकिरहेको छैन ,कतिका घरमा औषधिहरु सकिएका छन् । रगतको अभावलाई मध्यनजर गर्दै हामी आफूले सकेको कार्य गर्न प्रयासरत छौँ । हजुरहरू आ-आफ्नो स्थानबाट सकेको प्रयास गर्नुहोला । अहिले देशले के दियो भन्दा पनि देशलाई के दिइरहेका छौँ, त्यो महत्वपूर्ण छ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।