फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - ई कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको अवस्थामा अत्यावश्यक वस्तुको घरैमा डेलिभरी सेवा सुरु गरेको छ।
उपभोक्ताले सस्तोडिल डट कमको वेबसाइटमा गएर आफूलाइ आवश्यक सामग्री अर्डर गरेपछि कम्पनी काठमाण्डौ उपत्यकाभित्र घरैमा डेलिभरी गर्ने कम्पनिका संस्थापक अमुन थापाले बताउनुभयो । त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ।
अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइन बाटै पैसा तिर्न सक्छ्न् । पैसाबाट समेत कोभिड १९ सर्नसक्ने भएकोले नगदभन्दा अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरी क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिने थापाको भनाइ छ।
सेल पे बाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क नि:शुल्क प्राप्त गर्नेछन्। कोरोना राहत कोषमा एन एम बी बैंकको कार्डमार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत र आई एम ई मार्फत भुक्तानी गर्दा दुई सय पचास रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिनुभयो।
अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुविधा समेत रहेको छ।
नेपाल सरकारले विद्युतको महसुलमा छुट दिएसँगै र बजारमा ग्यासको सर्वसुलभता नभएको सन्दर्भमा इन्डक्सन चुलो र राइसकुकरको माग बढेको थापा बताउनुहुन्छ
सस्तोडिलका काममा खटिने कर्मचारीले पीपीई प्रयोग गरी काम गर्छन्। स्वास्थ्य सावधानी अपनाउनु पर्ने समय भएकोले कर्मचारीको साथै उपभोक्ताको स्वास्थ्यको मध्यनजर गर्दै काम गरेको बताइएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।