फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
इलाम - ‘लकडाउन’का कारण केही समय बन्द भएको इलामको चिया बगान खुल्न थालेको छ ।
नेपाल चिया विकास निगमले भाडामा सञ्चालन गरिरहेको सांघाई ग्रुपलाई व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्ने अनुमति दिएसँगै इलामका चिया बगान आंशिक रुपमा खोलिएको हो ।
ग्रुपले बगानलाई सुरक्षा सामाग्री उपलब्ध गराएपछि बगानमा काम सुरु गरिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ जिल्ला समितिका अध्यक्ष रमेश खड्काले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कन्याम चिया बगानमा ग्रुपले सेनिटाइजर, साबुन, माक्स, पञ्जा, पानी लगायतका सामग्री उपलब्ध गराएको छ । ग्रुपसँगै पालिकाले समेत सञ्चालनको अनुमति दिएकाले अहिले व्यक्तिगत सुरक्षा अपनाएरै चियाको पत्ति टिप्ने काम भइरहेको छ ।’
इलाममा मात्रै ६ हजार ९ सय ९५ बगान रहेका छन् । यीमध्ये चार वटा बगान ग्रुपले सञ्चालन गरी रहेको छ । ग्रुपबाटै सञ्चालन भइरहेको इलामको इलाम चिया बगानमा भने अहिलेसम्म सुरक्षा सामाग्री आइ नपुगेकाले सञ्चालन नभएको युनियन अध्यक्ष सरस्वती चौँलागाइँले बताउनु भयो ।
इलाम र झापामा रहेका सात वटा सरकारी चिया बगान सरकारले भारतको सङ्घाइ ग्रुपलाई भाडामा दिएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार, नेपालमा कुल ११ हजार ४१ वटा चिया बगान छन् । १४ जिल्लामध्ये पाँच जिल्लामा चिया उत्पादन बढी हुन्छ भने चियाको बगान र किसानको संलग्नताका हिसाबले इलाम सबैभन्दा अगाडि रहेको बोर्डले जनाएको छ ।
देशभर चियाखेती हुने १४ जिल्लामा नौ हजार दुई सय ३६ किसान व्यवसायिक चिया खेतिमा संलग्न छन् ।केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको व्यवासायिक चिया खेती सर्वेक्षण, २०७५ अनुसार नेपालमा कुल १० करोड ८० हजार केजी हरियो चियापत्ती उत्पादन हुने गरेको छ । जसमा इलाममा मात्रै वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुन्छ ।
जिल्लाका कुल तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती गरिदै आएको छ । जसमा पाँच हजार पाँच सय ८२ साना किसान संलग्न छन् । लकडाउनका कारण अहिले सम्ममा इलाममा मात्रै १२ लाख किलो भन्दा बढी हरियो पत्ति खेर गइसकेको चिया विकास कार्यालय फिक्कलका प्रमुख इन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।