फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – यूरोपका विभिन्न देशमा बसेका पूर्व भुटानी शरणार्थी कोरोना भाइरसको सङ्क्रमणबाट पूर्ण रुपमा मुक्त रहेका छन् ।
नेदरल्याण्डको हेगबाट राम कार्कीले दिनुभएको जानकारीअनुसार युरोपका विभिन्न देशमा पुनर्स्थापित पूर्व भुटानी शरणार्थी सुरक्षित र स्वस्थ रहेका छन् ।
डेनमार्कमा हालसम्म ४ हजार ७७ जना कोरोना सङ्क्रमित रहेका छन् भने सङ्क्रमणबाट १ सय ६१ जनाको ज्यान गइसकेको छ । तर त्यहाँ पुनर्स्थापित करिब एक हजार पूर्व भुटानी शरणार्थी सङ्क्रमणमुक्त रहेको डेनमार्क भुटानी समुदाय सङ्घका अध्यक्ष पूर्ण दाहालले जानकारी दिनुभयो ।
यस्तै, नेदरल्याण्ड भुटानी समुदाय नामक संस्थाका अइमन समाल, खडानन्द घिमिरे र मोहन सुब्बाले दिनुभएको जानकारीअनुसार त्यहाँ पनि सबै पुनर्स्थापित भुटानी सुरक्षित रहेका छन् । नेदरल्याण्डमा लगभग ४ सय पूर्व भुटानी शरणार्थी बसोबास गर्छन् । त्यहाँ कोरोना भाइरसले हालसम्म १ हजार ६ सय ५१ जनाको ज्यान लिइसकेको छ भने १६ हजार ६ सय २७ जना सङ्क्रमित छन् ।
त्यसैगरी, संयुक्त अधिराज्यमा हालसम्म कोरोना महामारीबाट ४ हजार ३ सय १३ जनाको ज्यान गइसकेको छ भने ४१ हजार ९ सय ३ जना सङ्क्रमित छन् । तर त्यहाँ बसोबास गरेका करिब ५ सय पूर्व भुटानी शरणार्थी सुरक्षित रहेको भुटानी कल्याण संघका अध्यक्ष प्रेम गिरीले बताउनुभयो ।
त्यस्तै, नर्वेमा रहेका भुटानी समुदायका नेता रमेश गौतम, रोहितकुमार पोख्रेल र रामबहादुर बानियाँका अनुसार त्यहाँ पुनर्स्थापित करिब ७ सय पूर्व भुटानी शरणार्थीहरु कोरोना सङ्क्रमणबाट मुक्त रहेका छन् । नर्वेमा कोरोना सङ्क्रमणबाट ६२ जनाको ज्यान गएको छ भने ५ हजार ५ सय ५० जना सङ्क्रमित छन् ।
त्यसैगरी, बेल्जियममा रहेका सबै पूर्व भुटानी शरणार्थी स्वस्थ र सुरक्षित रहेका छन् । भुटानी समुदायका नेता भक्त सुब्बाले दिनुभएको जानकारीअनुसार बेल्जियममा हालसम्म १ हजार २ सय ८३ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने १८ हजार ४ सय ३१ जना कोरोना सङ्क्रमित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।