फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
दाङ - कैलालीका कोरोना सङ्क्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जनामध्ये ५ जनालाई आइतबार बेलुकीदेखि क्वरेन्टीनमा राखिएको छ ।
घोराही उपमहानगरपालिका-४, तार्केनिगाउँका ५ जनालाई कोरोना अस्पताल बेलझुण्डिको क्वरेन्टीनमा राखिएको हो । उनीहरुको स्वाब टेस्टको नमुना सोमबार पठाइने भएको छ ।
अन्य ५ जना पनि सम्पर्कमा आएको र उनीहरुलाई पनि कोरोना अस्पताल बेलझुण्डी ल्याउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुसँगै आएका कैलालीका एक जनामा शनिबार कोरोना भएको पुष्टि भएको थियो । सङ्क्रमित युवासँगै आउनेहरुमा घोराही उपमहानगरपालिका ४ का ६ जना रहेका छन।
घोराही-४ का २२ वर्षीय दुई जना, १७ वर्षका एक जना, २६ वर्षको एक जना, २९ वर्षको एक जना र साविक सोनपुर-२ का १९ वर्षका एकजना सबै भारतको मुम्बईबाट चैत १२ गते नेपाल भित्रिएका हुन्।
भारतको चेन्नइबाट आएका लमही-५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि सङ्क्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ ।
त्यस्तै राजपुर गाँउपालिका-८ का १९ र २६ वर्षका दुई युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ ।
उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।