कैलाली र कञ्चनपुरको क्वरेण्टीनमा रहेका सबैको कोरोना परीक्षण हुने

 चैत २३, २०७६ आइतबार २०:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कैलाली र कञ्चनपुरमा क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्ने भएको छ। 

हिजोको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार परीक्षणका लागि टोली खटाउने तयारी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । 

नेपालमा कोरोना भाइरसको संक्रमण आशंकामा अहिलेसम्म १५ सय २९ जनाको परक्षिण भएको छ । यसअघि काठमाण्डौको टेकुमा मात्रै परीक्षण हुँदै आएकोमा अहिले काठमाण्डौ बाहिर धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौँडा र धनगढीमा पनि नमुना परीक्षण भैरहेको छ । 

परीक्षण गरिएकामध्ये अहिलेसम्म ९ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । यस्तै काठमाण्डौमा १२ र काठमाण्डौबाहिर १०१ गरी ११३ जनाको आइसोलेसनमा राखेर उपचार भैरहेको छ ।

सरकारले सञ्चालन गरेको १११५ र ११३३ कल सेन्टर २४ घण्टामा २७ सय ७७ वटा फोन आएको छ । यस्तै मोबाइल एप्स र वेबसाइमा आज मात्रै १८ सय १२ वटाले इन्ट्री गरेसँगै इन्ट्री गर्नेको संख्या अहिलेसम्म ८ हजार ७ सय ९७ पुगेका छन् । 

त्यसमध्ये २४ जना रेड जोनमा रहेका छन् । रेड जोन भनेको संक्रमण पुष्टि हुन सक्ने सम्भावनाको अवस्था हो । यस्तै कोभिड १९ को रोकथाम, नियन्त्रण्ण र रोकथामका लागि खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई प्रोत्साहनको व्यवस्था गरिने भएको छ । 

उनीहरुको सुरक्षाको व्यवस्था गृहमन्त्रालयले मिलाउने र काममा बाधा गर्नेलाई कानुन अनुसारको कारबाही हुने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया